छाडेर जानेलाई | a poem by Mani Lohoni
Manage episode 355027351 series 3276512
र यहीं आएर सकिएको छ
हामी दुईको यात्रा
अत्यन्त प्यारो लागेको त्यो हिँडिरहने बाटो
र त्यही बाटोमा पोखिएर सकिएको
मेरो उमेर
र तिम्रो बैंस
बाटाभरि भेटिएका फिरन्ते ऋतुजस्ता मान्छेहरू
उनीहरूसँगै टाँसिएको आगोको लप्काजस्तो आँखा
र सुदूर गाउँमा फरफराइरहेको विद्रोही झन्डा
तिमीले मलाई बिछट्टै मन पराएर
गरेको मायाजस्तो निख्खर रातो गुरास
या त्यो रोइरहेकी युवतीको भखरै पखालिएको सिउँदो
सब छुटेका छन् ।
✎ मणि लोहनी | 🔊@mrpandeya | ♬ Pushkar Mahataun
21 Episoden